अनुगमन तथा मूल्याङ्कन शाखा

अनुगमन तथा मूल्याङ्कन शाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • अनुगमन तथा मूल्याङ्कनका सूचक सम्बन्धी नीतिगत कार्यमा सहयोग गर्ने,
  • अनुगमन तथा मूल्याङ्कनका सूचकहरूको आधारमा आयोजनाहरूको नियमित अनुगमन एवं मूल्याङ्कनको व्यवस्था गर्ने,
  • प्रगति विवरणहरूको संकलन एवं विश्लेषण एवं पृष्ठपोषण सम्बन्धी कार्य गर्ने,
  • आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मन्त्रालय स्तरीय समस्या समाधान समितिमा पेश गर्ने,
  • वार्षिक तथा आवधिक आयोजनाहरूको अद्यावधिक अभिलेख राख्ने । वार्षिक एवं चौमासिक समीक्षा गर्ने र देखिएका बाधा अड्चन फुकाउने सम्बन्धमा आवश्यक कारवाही गर्ने । स्थानीय निकायबाट गरिएका समीक्षाको अभिलेख राख्ने र बाधा अड्चन फुकाउन पेश गर्ने,
  • वार्षिक प्रगति विवरण संकलन र विश्लेषण गर्ने,
  • शाखाहरू तथा अन्तर्गत समिति-आयोग-प्रतिष्ठानहरूको बीच समन्वय सम्पर्कका लागि आन्तरिक कार्यान्वयन निर्देशिका सम्बन्धी कार्यहरू र
  • स्थानीय निकायमा सामाजिक उत्तरदायित्वका विधिहरुको प्रयोगमा सहयोग र समन्वय गर्ने ।