अग्नि नियन्त्रण तथा विपद व्यवस्थापन शाखा

अग्नि नियन्त्रण तथा विपद व्यवस्थापन शाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • विपद-जोखिम व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रमको तर्जुमा एवं कार्यान्वयन, समन्वय तथा अनुगमन र मूल्याङ्कन सम्बन्धी कार्य,
  • विपद-जोखिम व्यवस्थापन सम्बन्धमा सरकारी तथा विदेशी संघसंस्थाहरु बीच समन्वय राख्ने,
  • विपद-जोखिम व्यवस्थापन सम्बन्धी तालिम, सेमिनार र गोष्ठी सम्बन्धी कार्य,
  • विपद-जोखिम व्यवस्थापनका लागि जनचेतना जगाउने तथा समुदाय परिचालन गर्ने सम्बन्धी,
  • नगर तथा ग्रामीण क्षेत्रमा वारुणयन्त्र व्यवस्थापन सम्बन्धी नीतिगत कार्य गर्ने,
  • वारुणयन्त्र तथा अग्नि नियन्त्रणको क्षेत्रमा कार्य गर्ने कर्मचारी तथा संस्थाहरुको क्षमता विकास सम्बन्धी कार्य गर्ने,
  • समुदाय, ग्रामीण तथा नगरक्षेत्रमा जनचेतना अभिवृद्धि सम्बन्धी कार्य गर्ने,
  • वारुणयन्त्र तथा अग्नि नियन्त्रण र विपद्को क्षेत्रका स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय संघसंस्थासंग समन्वय, सहकार्य, संजाल निर्माण सम्बन्धी कार्य,
  • सम्बन्धित ऐन, नियम निर्देशिका संकलन तथा प्रकाशन सम्बन्धी कार्य,
  • दमकल व्यवस्थापन सम्बन्धी कार्यहरू र
  • गाउँ तथा नगरमा भवनसंहिता तथा भवनसम्बन्धी मापदण्ड कार्यान्वयनमा सहयोग ।