सुशासन प्रवद्र्धन शाखा

सुशासन प्रवद्र्धन शाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • सेवाप्रवाह तथा विकास निर्माण कार्यमा उत्तरदायित्व, पारदर्शिता, जनसहभागिता प्रवद्र्धन गर्ने सम्बन्धी नीति निर्माण, कार्यान्वयन, समन्वय तथा अनुगमन र मूल्याङ्कन सम्बन्धी कार्यहरु गर्ने,
  • नागरिक बडापत्र अनुसार सेवाप्रवाहको सुनिश्चितता प्रदान गर्न आवश्यक पर्ने कार्यहरु गर्ने,
  • नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्न आवश्यक पर्ने कार्यहरु,
  • उजुरी तथा गुनासो सुनुवाइ सम्बन्धी कार्यहरु,
  • हेलो सरकार सम्बन्धी कार्यहरु,
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायको सम्पर्क (Focal) शाखाको रुपमा कार्य गर्ने,
  • सुशासन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धी आवश्यक अन्य कार्यहरु,
  • सुशासन सम्बन्धी भएगरेका कामहरुको अभिलेख, संश्लेषण, प्रकाशन र वितरण सम्बन्धी काम गर्ने,
  • सुशासन सम्बन्धी निर्देशिका, मानक, मार्गदर्शन, निर्माण सम्बन्धी काम गर्ने,
  • वित्तीय जोखिम न्यूनीकरण सम्बन्धी कार्य गर्ने,
  • शासकीय सुधार-परिवर्तन इकाई सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सम्बन्धित निकायमा पर्ने उजुरी तथा निवेदनहरूका विषयमा प्रारम्भिक छानविन एवं कारवाही सम्बन्धी कार्यहरू गर्ने,
  • स्थानीय निकायहरुको सार्वजनिक खर्चको पछ्याइ (Public Expenditure Tracking Survey) को सर्भेक्षण गर्ने,
  • स्थानीय Public Expenditure and Financial Accountability (PEFA) को सूचकहरुको कार्यान्वयन तथा अनुगमन गर्ने,
  • वित्तीय सुशासन जोखिम कार्यान्वयन कार्य योजना कार्यान्वयन गर्न सहयोग गर्ने,
  • स्थानीय निकायहरु वार्षिक तथा बहुवर्र्षीय खरिद योजनाहरुको गुणस्तरको सुनिश्चितता गर्ने र सार्वजनिक खरिद क्षमता सुदृढीकरणमा सहयोग गर्ने,
  • स्थानीय निकायहरुको वित्तीय सुशासन लेखाजोखा गरी सो का आधारमा वित्तीय सुशासन सुदृढीकरण कार्य गर्ने,
  • स्थानीय शासन उत्तरदायी संयन्त्रको सम्पर्क शाखाको रुपमा कामकाज गर्ने र
  • यस सम्बन्धी अन्य तोकिएका काम गर्ने ।