वैदेशिक सहयोग समन्वय शाखा

वैदेशिक सहयोग समन्वय शाखाको कार्यविवरण देहायबमोजिम रहेको छः 

  • वैदेशिक सहयोग सम्बन्धमा नीतिगत अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने,
  • वैदेशिक सहायता वा प्राविधिक सहयोगबाट प्राप्त सामानहरूको हस्तान्तरण सम्बन्धी नीति बनाउने,
  • मन्त्रालयको रणनीतिक योजना तयार गर्ने,
  • अन्तर्राष्ट्रिय दातृ निकायहरुसंग समन्वय गर्ने,
  • अर्थ मन्त्रालयसँग समन्वय गरी स्थानीय विकासको लागि वैदेशिक सहयोग नीति र प्राथमिकता तय गर्ने,
  • परियोजना (Project) हरूको प्राथमिकता निर्धारण गर्ने,
  • वैदेशिक सहायताको Sector Wide Approach को संस्थागत विकास,
  • स्थानीय विकाससंग सम्बन्धित Foreign Aid Policy को कार्यान्वयन गर्ने,
  • वैदेशिक सहायताको प्राविधिक सहयोग TA को व्यवस्थापन गर्ने र
  • वैदेशिक सहायताका लागि Project Bank निर्माण गर्ने ।