कानून तथा फैसला कार्यान्वयन शाखा

कानून तथा फैसला कार्यान्वयन शाखालाई यस मन्त्रालयका सचिवको निर्देशनमा काम गर्ने गरी यसको संगठन ब्यवस्था मिलाइएको छ । यस शाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः   

  • मन्त्रालयसँग सम्बन्धित ऐन नियममा सुधार गर्ने एवं विधेयक तर्जुमा गर्ने सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालय र स्थानीय निकायहरूलाई कानूनी राय, परामर्श उपलब्ध गराउने सम्बन्धी कार्य गर्ने,
  • नेपाल राजपत्रमा प्रकाशन गरिनु पर्ने सूचना र अन्य यस्तै विषय सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालय विरुद्ध परेका रिट, निवेदन र पुनरावेदन सम्बन्धी कार्य गर्ने,
  • स्थानीय निकायका कर्मचारीहरूको सेवा सुविधा सम्बन्धी निर्णय उपरको निवेदन, पुनरावेदन सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालय पक्ष हुने सन्धि, सम्झौता, समझदारीपत्रमा राय (legal opinion) उपलब्ध गराउने सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालय अन्तर्गतका संस्थान, समितिको नियम, गठन आदेश र विनियम सम्बन्धी कार्य गर्ने,
  • स्थानीय निकायमा ऐन, नियम, विनियमको पालना भएनभएको अनुगमन गर्ने सम्बन्धी कार्य गर्ने,
  • शाखाबाट प्रदान भएका राय एवं शाखासँग सम्बन्धित विषयको निर्णयसार बनाउने कार्य गर्ने र
  • शाखासँग सम्बन्धित पुराना कागजपत्र धुल्याउने सम्बन्धी कार्य गर्ने ।