सूचना तथा विद्युतीय शासन शाखा

सूचना तथा विद्युतीय शासन शाखाको कार्यविवरण देहायबमोजिम रहेको छः

  • सूचना संकलन, संग्रह, अभिलेख सम्बन्धी कार्य गर्ने,
  • सबै महाशाखा-शाखासंग समन्वय गरी मन्त्रालयका आवश्यक प्रकाशनहरू प्रकाशित गर्ने,
  • भौगोलिक सूचना प्रणाली सम्बन्धी कार्य गर्ने,
  • संसद अधिवेशन रिर्पोटिङ्ग सम्बन्धी कार्य गर्ने,
  • पुस्तकालय स्थापना, संचालन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयसँग सम्बन्धित सूचना प्रवाह गर्ने (प्रवक्ता) सम्बन्धी कार्य गर्ने,
  • स्थानीय निकायको आर्थिक नियमितता तथा कार्यसम्पादन स्थिति झल्कने गरी तुलनात्मक विवरण नियमित रुपमा प्रकाशित गर्ने,
  • बेरुजु स्थिति, प्रशासनिक खर्च, पूँजीगत निर्माण, अनुपात, आन्तरिक श्रोत आदिको विश्लेषण सहितको प्रतिवेदन तयार गर्ने,
  • मन्त्रालयमा कम्प्यूटर नेटवर्किङ्ग गर्ने,
  • स्थानीय निकायहरूका सफल कार्य (Best Practices) को प्रकाशन तथा प्रसार गर्ने,
  • कम्प्यूटर-प्रिन्टर-नेटवर्कीङ्ग सम्बन्धी समस्याको मर्मत, रेखदेख, स्याहार सम्भार गर्न लगाउने,
  • मन्त्रालयको Singha Durbar Gate Pass System व्यवस्थित गराउने,
  • मन्त्रालयको दर्ता चलानी, हेल्पडेस्क, टेलिफोन, फोटोकपि, इत्यादि सुचारुरुपले संचालन गर्ने, गराउने,
  • मन्त्रालयमा कार्यरत कर्मचारीको व्यक्तिगत विवरण, विदा र हाजिरी व्यवस्थापन गर्ने,
  • e-Governance System अद्यावधिक-संचालन गर्ने,
  • कम्प्युटर Maintenance सम्बन्धी व्यवस्थापन कार्य गर्ने,
  • Software Development, Installation, Upgrade सम्बन्धी व्यवस्थापन कार्य गर्ने,
  • Network/System Administration सम्बन्धी व्यवस्थापन कार्य गर्ने,
  • PIS मा रहेको विवरणहरु अद्यावधिक गर्ने गराउने कामका लागि समन्वय गर्ने,
  • Website अद्यावधिक गर्ने,
  • Lease line/Internet को व्यवस्थापन गर्ने,
  • Server व्यवस्थापन गर्ने,
  • Online Portal सम्बन्धी कार्य गर्ने र
  • IT सम्पर्क इकाई सम्बन्धी कार्य गर्ने ।