पूर्वाधार नीति समन्वय शाखा

पूर्वाधार नीति समन्वय शाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • स्थानीय पूर्वाधार विकास सम्बन्धी आवश्यक नीतिहरुको निर्माण, परिमार्जन तथा संशोधन सम्बन्धी कार्यमा सहयोग गर्ने,
  • स्थानीय पूर्वाधार विकासका लागि विभाग तथा मन्त्रालयका अन्य सम्बन्धित महाशाखा तथा अन्य मन्त्रालयहरु बीच नीति कार्यान्वयनमा आवश्यक सहयोग तथा समन्वय गर्ने सम्बन्धी कार्य गर्ने,
  • स्थानीय पूर्वाधार विकास नीतिको प्रभावकारी कार्यान्वयनको लागि नियमित रुपमा अनुगमन कार्य गर्ने,
  • स्थानीय पूर्वाधार विकासका लागि उपयुक्त संस्थागत संरचनाको विकास एवं प्राविधिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धी नीतिको निर्माण, परिमार्जन तथा संशोधन सम्बन्धी कार्यमा सहयोग गर्ने,
  • पूर्वाधार तथा प्रविधि विकास शाखा प्रमुखको अनुपस्थितिमा उक्त शाखाको समेत कार्यहरु गर्ने,
  • शाखाको सवारी साधन, कम्प्यूटर, कम्प्यूटर नेटवर्किङ्ग, फ्याक्स, फोटोकपी मेशिन, टेलिफोन आदिको मर्मत संभार गर्ने, गराउने,
  • शाखाको सवारी साधन लगायत अन्य मालसामानहरुको एवं वस्तुगत सहायताका रुपमा प्राप्त सामानहरुको लगत  अद्यावधिक राख्ने, राख्न लगाउने,
  • शाखाको दैनिक कार्य संचालनको लागि आवश्यक सामग्रीहरु आपूर्ति व्यवस्था मिलाउने,
  • आफ्नो शाखा अन्तर्गतका अभिलेखहरु व्यवस्थित गर्ने गराउने र
  • मन्त्रालय सम्बन्धित शाखाले सम्पादन गर्ने गरी तोकिएका कार्य विवरण अनुसार कार्यहरु गर्ने ।