समिति, आयोग, प्रतिष्ठान समन्वय शाखा

समिति, आयोग, प्रतिष्ठान समन्वय शाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • नेपाल सरकारले कुनै समिति, संस्था वा अधिकारीलाई अधिकार सुम्पने विषयहरू,
  • महाशाखा-शाखाहरू तथा अन्तर्गत समिति-आयोग-प्रतिष्ठानहरूको बीच समन्वय÷सम्पर्कका लागि आन्तरिक कार्यान्वयन निर्देशिका सम्बन्धी कार्यहरू,
  • मन्त्रालयबाट तोकिएको विभिन्न आयोग, समिति, प्रतिष्ठान र कार्यक्रमहरूको सम्पर्क एवं समन्वय,
  • मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने,
  • समिति-आयोग-प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति, अवकास सम्बन्धी कार्य गर्ने,
  • स्थानीय निकायमा रहेका समितिहरुका पदाधिकारीहरुको नियुक्ति अवकास लगायतका प्रशासनिक कार्यहरु गर्ने,
  • समिति-आयोग-प्रतिष्ठानको सम्पर्क शाखाको रुपमा काम गर्ने,
  • समिति-आयोग-प्रतिष्ठानको क्षमता विकास सम्बन्धी काम गर्ने र
  • समिति-आयोग-प्रतिष्ठानका अभिलेख व्यवस्थापन तथा तथ्यांक सम्बन्धमा सहजीकरण र सहयोग सम्बन्धी कार्य गर्ने ।