अनुगमन तथा मूल्याङ्कन महाशाखा

यस महाशाखा अन्तर्गत तीनवटा शाखाहरु रहेका छन् । महाशाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • अनुगमन तथा मूल्याङ्कनका सूचक सम्बन्धी नीतिगत कार्य,
  • अनुगमन तथा मूल्याङ्कनका सूचकहरूको आधारमा आयोजनाहरूको नियमित अनुगमन एवं मूल्याङ्कनको व्यवस्था गर्ने,
  • प्रगति विवरणहरूको संकलन एवं विश्लेषण एवं पृष्ठपोषण सम्बन्धी कार्य,
  • आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मन्त्रालयस्तरीय समस्या समाधान समितिमा पेश गर्ने,
  • वार्षिक तथा आवधिक आयोजनाहरूको अद्यावधिक अभिलेख राख्ने । वार्षिक एवं चौमासिक समीक्षा गर्ने र देखिएका बाधा अड्चन फुकाउने सम्बन्धमा आवश्यक कारवाही गर्ने । स्थानीय निकायबाट गरिएका समीक्षाको अभिलेख राख्ने र बाधा अड्चन फुकाउन पेश गर्ने,
  • वार्षिक प्रगति विवरण संकलन र विश्लेषण गर्ने,
  • महाशाखा शाखाहरू तथा अन्तर्गत समिति÷आयोग÷प्रतिष्ठानहरूको बीच समन्वय र सम्पर्कका लागि आन्तरिक कार्यान्वयन निर्देशिका सम्बन्धी कार्यहरू,
  • मन्त्रालयबाट तोकिएको विभिन्न आयोग, समिति, प्रतिष्ठान र कार्यक्रमहरूको सम्पर्क एवं समन्वय,
  • स्थानीय निकायहरुको विकास कार्यक्रमको संभाव्यता तथा पूर्वसंभाव्यता सम्बन्धी कार्य,
  • स्थानीय निकायले प्रदान गरेको सेवाबाट नागरिकले प्राप्त गरेको सेवाको मूल्यांकन तथा विश्लेषण कार्य,
  • स्थानीय निकायहरुको नतिजामूलक अनुगमन पद्धति सम्बन्धी कार्य,
  • सहभागितामूलक अनुगमन तथा मूल्यांकन प्रणाली संस्थागत गर्ने कार्य,
  • स्थानीय निकायहरुबाट भइरहेको विकास कार्यहरुको प्रभाव मूल्यांकन सम्बन्धी कार्य,
  • जिल्ला गरिवी अनुगमन प्रणाली (DPMAS) सम्बन्धी कार्य र
  • स्थानीय निकायमा सामाजिक उत्तरदायित्वका विधिहरुको प्रयोगमा सहयोग र समन्वय  ।

अनुगमन तथा मूल्याङ्कन महाशाखा अन्तर्गतका शाखाहरुको कार्यविवरण देहाय बमोजिम रहेको छः

१. अनुगमन तथा मूल्याङ्कन शाखा

  • अनुगमन तथा मूल्याङ्कनका सूचक सम्बन्धी नीतिगत कार्यमा सहयोग गर्ने,
  • अनुगमन तथा मूल्याङ्कनका सूचकहरूको आधारमा आयोजनाहरूको नियमित अनुगमन एवं मूल्याङ्कनको व्यवस्था गर्ने,
  • प्रगति विवरणहरूको संकलन एवं विश्लेषण एवं पृष्ठपोषण सम्बन्धी कार्य गर्ने,
  • आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मन्त्रालय स्तरीय समस्या समाधान समितिमा पेश गर्ने,
  • वार्षिक तथा आवधिक आयोजनाहरूको अद्यावधिक अभिलेख राख्ने । वार्षिक एवं चौमासिक समीक्षा गर्ने र देखिएका बाधा अड्चन फुकाउने सम्बन्धमा आवश्यक कारवाही गर्ने । स्थानीय निकायबाट गरिएका समीक्षाको अभिलेख राख्ने र बाधा अड्चन फुकाउन पेश गर्ने,
  • वार्षिक प्रगति विवरण संकलन र विश्लेषण गर्ने,
  • शाखाहरू तथा अन्तर्गत समिति-आयोग-प्रतिष्ठानहरूको बीच समन्वय सम्पर्कका लागि आन्तरिक कार्यान्वयन निर्देशिका सम्बन्धी कार्यहरू र
  • स्थानीय निकायमा सामाजिक उत्तरदायित्वका विधिहरुको प्रयोगमा सहयोग र समन्वय गर्ने ।

२. सुशासन प्रवद्र्धन शाखा

  • सेवाप्रवाह तथा विकास निर्माण कार्यमा उत्तरदायित्व, पारदर्शिता, जनसहभागिता प्रवद्र्धन गर्ने सम्बन्धी नीति निर्माण, कार्यान्वयन, समन्वय तथा अनुगमन र मूल्याङ्कन सम्बन्धी कार्यहरु गर्ने,
  • नागरिक बडापत्र अनुसार सेवाप्रवाहको सुनिश्चितता प्रदान गर्न आवश्यक पर्ने कार्यहरु गर्ने,
  • नागरिकको सूचनाको हकको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्न आवश्यक पर्ने कार्यहरु,
  • उजुरी तथा गुनासो सुनुवाइ सम्बन्धी कार्यहरु,
  • हेलो सरकार सम्बन्धी कार्यहरु,
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र जस्ता निकायको सम्पर्क (Focal) शाखाको रुपमा कार्य गर्ने,
  • सुशासन प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धी आवश्यक अन्य कार्यहरु,
  • सुशासन सम्बन्धी भएगरेका कामहरुको अभिलेख, संश्लेषण, प्रकाशन र वितरण सम्बन्धी काम गर्ने,
  • सुशासन सम्बन्धी निर्देशिका, मानक, मार्गदर्शन, निर्माण सम्बन्धी काम गर्ने,
  • वित्तीय जोखिम न्यूनीकरण सम्बन्धी कार्य गर्ने,
  • शासकीय सुधार-परिवर्तन इकाई सम्बन्धी कार्य गर्ने,
  • मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सम्बन्धित निकायमा पर्ने उजुरी तथा निवेदनहरूका विषयमा प्रारम्भिक छानविन एवं कारवाही सम्बन्धी कार्यहरू गर्ने,
  • स्थानीय निकायहरुको सार्वजनिक खर्चको पछ्याइ (Public Expenditure Tracking Survey) को सर्भेक्षण गर्ने,
  • स्थानीय Public Expenditure and Financial Accountability (PEFA) को सूचकहरुको कार्यान्वयन तथा अनुगमन गर्ने,
  • वित्तीय सुशासन जोखिम कार्यान्वयन कार्य योजना कार्यान्वयन गर्न सहयोग गर्ने,
  • स्थानीय निकायहरु वार्षिक तथा बहुवर्र्षीय खरिद योजनाहरुको गुणस्तरको सुनिश्चितता गर्ने र सार्वजनिक खरिद क्षमता सुदृढीकरणमा सहयोग गर्ने,
  • स्थानीय निकायहरुको वित्तीय सुशासन लेखाजोखा गरी सो का आधारमा वित्तीय सुशासन सुदृढीकरण कार्य गर्ने,
  • स्थानीय शासन उत्तरदायी संयन्त्रको सम्पर्क शाखाको रुपमा कामकाज गर्ने र
  • यस सम्बन्धी अन्य तोकिएका काम गर्ने ।

३. समिति, आयोग, प्रतिष्ठान समन्वय शाखा

  • नेपाल सरकारले कुनै समिति, संस्था वा अधिकारीलाई अधिकार सुम्पने विषयहरू,
  • महाशाखा-शाखाहरू तथा अन्तर्गत समिति-आयोग-प्रतिष्ठानहरूको बीच समन्वय÷सम्पर्कका लागि आन्तरिक कार्यान्वयन निर्देशिका सम्बन्धी कार्यहरू,
  • मन्त्रालयबाट तोकिएको विभिन्न आयोग, समिति, प्रतिष्ठान र कार्यक्रमहरूको सम्पर्क एवं समन्वय,
  • मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने,
  • समिति-आयोग-प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति, अवकास सम्बन्धी कार्य गर्ने,
  • स्थानीय निकायमा रहेका समितिहरुका पदाधिकारीहरुको नियुक्ति अवकास लगायतका प्रशासनिक कार्यहरु गर्ने,
  • समिति-आयोग-प्रतिष्ठानको सम्पर्क शाखाको रुपमा काम गर्ने,
  • समिति-आयोग-प्रतिष्ठानको क्षमता विकास सम्बन्धी काम गर्ने र
  • समिति-आयोग-प्रतिष्ठानका अभिलेख व्यवस्थापन तथा तथ्यांक सम्बन्धमा सहजीकरण र सहयोग सम्बन्धी कार्य गर्ने ।