पूर्वाधार विकास महाशाखा

यस महाशाखा अन्तर्गत तीनवटा शाखाहरु रहेका छन् । यस महाशाखाको कार्यविवरण देहाय बमोजिम रहेको छः

  • स्थानीय पूर्वाधार विकास सम्बन्धी आवश्यक नीतिहरुको निर्माण, परिमार्जन तथा संशोधन सम्बन्धी कार्यमा सहयोग गर्ने,
  • स्थानीय पूर्वाधार विकासको लागि नेपाल सरकार तथा दातृ निकायहरुको सशर्त अनुदानको रुपमा संचालन हुने कार्यक्रमहरुको वार्षिक योजना तथा प्रगतिहरु मन्त्रालय स्तरमा एकीकृत गरी मन्त्रालयका सम्बन्धित महाशाखाहरुमा उपलव्ध गराउने,
  • स्थानीय पूर्वाधार विकासको लागि मन्त्रालय स्तरबाट आवश्यक अनुगमन, निरीक्षण तथा निर्देशन दिने,
  • स्थानीय पूर्वाधार विकासको लागि स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग तथा मन्त्रालयका अन्य महाशाखाहरु बीच आवश्यक समन्वय गर्ने,
  • महाशाखासंग सम्बन्धित कामहरुको सन्दर्भमा अन्तरमन्त्रालय समन्वय गर्ने,
  • स्थानीय भौतिक पूर्वाधारको क्षेत्रगत दीर्घकालीन योजनाहरु तर्जुमा गर्न सहयोग गर्ने,
  • स्थानीय भौतिक पूर्वाधार विकासका लागि आवश्यक पर्ने स्ट्याण्डर्ड, नम्र्स, स्पेसिफिकेसन, परिमार्जन तथा संशोधन गर्ने,
  • स्थानीय भौतिक पूर्वाधारको मापदण्ड निर्धारण तथा प्रविधि विकास सम्बन्धी कार्य गर्ने,
  • शहरी पूर्वाधार समन्वय, सहजीकरण र नियमन गर्ने,
  • वातावरणमैत्री शहरी पूर्वाधार विकास,
  • प्रविधि विकास र खोज गर्ने,
  • शहरी भौतिक पूर्वाधार सम्बन्धी अन्य कार्यहरु र
  • शाखाहरूको निर्णयसार बनाउने र कागज धुल्याउने सम्बन्धी गर्ने ।

       
पूर्वाधार विकास महाशाखा अन्तर्गतका शाखाहरुको कार्यविवरण देहाय बमोजिम रहेको छः

१.  मापदण्ड निर्धारण तथा प्रविधि परीक्षण शाखा

  • स्थानीय पूर्वाधार विकास तथा व्यवस्थापन सम्वन्धी विभिन्न किसिमका अनुसन्धानात्मक कार्यहरुको लागि आवश्यक नीति तय गर्न सहयोग गर्ने,
  • स्थानीयस्तरमा उपयुक्त प्रविधि परीक्षण एवं प्रवर्धनका लागि अनुसन्धान गर्न स्थानीय निकायसँग समन्वय गरी कार्यक्रम संचालन गर्ने, गराउने,
  • स्थानीय पूर्वाधार विकास तथा व्यवस्थापन सम्बन्धी आवश्यक पर्ने डिजाइन कोड, स्पेसिफिकेशन, डिजाइन स्ट्याण्डर्ड, दर विश्लेषण, नम्र्स, निर्माण निर्देशिका आदिको परिमार्जन सम्बन्धी कार्य गर्ने,
  • स्थानीय पूर्वाधार विकास सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक तथा अनुसन्धानमूलक संस्थाहरुसँग समन्वय गर्ने सम्बन्धी कार्य गर्ने,
  • स्थानीय श्रोत र साधनमा आधारित तथा उपयुक्त नवीनतम प्रविधिहरुको परीक्षण, परिचालन तथा विकासको लागि आवश्यक नीतिहरुको निर्माण, परिमार्जन तथा संशोधन सम्बन्धी कार्यहरुमा सहयोग गर्ने,
  • गुणस्तर परीक्षण एवं गुणस्तरयुक्त निर्माण तथा मर्मत संभार गर्नका लागि आवश्यक कार्यक्रम तर्जुमा सम्बन्धी कार्य गर्ने,
  • शाखाको सवारी साधन, कम्प्यूटर, कम्प्यूटर नेटवर्किङ्ग, फ्याक्स, फोटोकपी मेशिन, टेलिफोन आदिको मर्मत संभार गर्ने, गराउने,
  • शाखाको सवारी साधन लगायत अन्य मालसामानहरुको एवं वस्तुगत सहायताका रुपमा प्राप्त सामानहरुको लगत अद्यावधिक राख्ने, राख्न लगाउने,
  • शाखाको दैनिक कार्य संचालनको लागि आवश्यक सामग्रीहरु आपूर्ति व्यवस्था मिलाउने,
  • आफ्नो शाखा अन्तरगतका अभिलेखहरु व्यवस्थित गर्ने गराउने र
  • मन्त्रालय सम्बन्धित शाखाले सम्पादन गर्ने गरी तोकिएका कार्यविवरण अनुसार कार्यहरु गर्ने ।

२.  पूर्वाधार तथा प्रविधि विकास शाखा

  • स्थानीय पूर्वाधार विकास (ग्रामीण सडक, खानेपानी, सिंचाइ, उर्जा, भवन, सामाजिक पूर्वाधार तथा अन्य पूर्वाधार) सम्बन्धी आवश्यक नीतिहरुको निर्माण, परिमार्जन तथा संशोधनको लागि सहयोग गर्ने,
  • स्थानीय भौतिक पूर्वाधार विकासको लागि नेपाल सरकार तथा दातृ निकायका सशर्त अनुदानको रुपमा संचालन हुने आयोजना तथा कार्यक्रमहरुको वार्षिक योजना तर्जुमा तथा प्रगति विभाग मार्फत् प्राप्त गरी मंत्रालयस्तरमा एकीकृत गर्ने,
  • स्थानीय भौतिक पूर्वाधार विकासका लागि मन्त्रालयस्तरबाट आवश्यक अनुगमन, निरीक्षण तथा निर्देशन गर्ने सम्बन्धी कार्यमा समन्वय गर्ने,
  • स्थानीय भौतिक पूर्वाधार विकासका लागि विभाग तथा मन्त्रालयका सम्बन्धित शाखाहरु बीच आवश्यक समन्वय तथा सहयोग गर्ने,
  • शाखाको सवारी साधन, कम्प्यूटर, कम्प्यूटर नेटवर्किङ्ग, फ्याक्स, फोटोकपी मेशिन, टेलिफोन आदिको मर्मत संभार गर्ने, गराउने,
  • शाखाको सवारी साधन लगायत अन्य मालसामानहरुको एवं वस्तुगत सहायताका रुपमा प्राप्त सामानहरुको लगत  अद्यावधिक राख्ने, राख्न लगाउने,
  • शाखाको दैनिक कार्य संचालनको लागि आवश्यक सामग्रीहरु आपूर्ति व्यवस्था मिलाउने,
  • आफ्नो शाखा अन्तर्गतका अभिलेखहरु व्यवस्थित गर्ने गराउने र
  • मन्त्रालय सम्बन्धित शाखाले सम्पादन गर्ने गरी तोकिएका कार्यविवरण अनुसार कार्यहरु गर्ने ।

३. पूर्वाधार नीति समन्वय शाखा

  • स्थानीय पूर्वाधार विकास सम्बन्धी आवश्यक नीतिहरुको निर्माण, परिमार्जन तथा संशोधन सम्बन्धी कार्यमा सहयोग गर्ने,
  • स्थानीय पूर्वाधार विकासका लागि विभाग तथा मन्त्रालयका अन्य सम्बन्धित महाशाखा तथा अन्य मन्त्रालयहरु बीच नीति कार्यान्वयनमा आवश्यक सहयोग तथा समन्वय गर्ने सम्बन्धी कार्य गर्ने,
  • स्थानीय पूर्वाधार विकास नीतिको प्रभावकारी कार्यान्वयनको लागि नियमित रुपमा अनुगमन कार्य गर्ने,
  • स्थानीय पूर्वाधार विकासका लागि उपयुक्त संस्थागत संरचनाको विकास एवं प्राविधिक क्षमता अभिवृद्धि गर्ने सम्बन्धी नीतिको निर्माण, परिमार्जन तथा संशोधन सम्बन्धी कार्यमा सहयोग गर्ने,
  • पूर्वाधार तथा प्रविधि विकास शाखा प्रमुखको अनुपस्थितिमा उक्त शाखाको समेत कार्यहरु गर्ने,
  • शाखाको सवारी साधन, कम्प्यूटर, कम्प्यूटर नेटवर्किङ्ग, फ्याक्स, फोटोकपी मेशिन, टेलिफोन आदिको मर्मत संभार गर्ने, गराउने,
  • शाखाको सवारी साधन लगायत अन्य मालसामानहरुको एवं वस्तुगत सहायताका रुपमा प्राप्त सामानहरुको लगत  अद्यावधिक राख्ने, राख्न लगाउने,
  • शाखाको दैनिक कार्य संचालनको लागि आवश्यक सामग्रीहरु आपूर्ति व्यवस्था मिलाउने,
  • आफ्नो शाखा अन्तर्गतका अभिलेखहरु व्यवस्थित गर्ने गराउने र
  • मन्त्रालय सम्बन्धित शाखाले सम्पादन गर्ने गरी तोकिएका कार्य विवरण अनुसार कार्यहरु गर्ने ।