जि. वि. स. कर्मचारी र सूचना तथा संचार प्रविधि स्वयंसेवकहरुका लागि जि. वि. स. को वेबसाईट संचालन सम्बन्धी तालिम

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, सूचना तथा विद्युतीय शासन शाखा र स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (LGCDP) को संयुक्त अायोजनामा मिति २०७३- २-३० मा सौराहा, चितवनमा २६ जिविसहरुको “ जि. वि. स. कर्मचारी र सूचना तथा संचार प्रविधि स्वयंसेवकहरुका लागि जि. वि. स. को  वेबसाईट संचालन सम्बन्धी तालिम” कार्यक्रमको  समुद्घाटन समारोहका  प्रमुख अतिथि एवं चितवनका  प्रमुख जिल्ला अधिकारी श्री विनोद सिंहले मन्त्रालयको वेबसाईटमा पोष्ट  र सूचना तथा विद्युतीय शासन शाखा प्रमुख उप सचिव श्री  सीता परियारले  मंत्रयालय को Twitter Account बाट Tweet  गरी भव्य समारोहका बीच संयुक्त उद्घाटन गर्नु भयो ।

उक्त कार्यक्रममा  २६ जिविसमा कार्यरत सूचना अधिकृत, सूचना तथा संचार प्रविधि स्वयंसेवक (ICT Volunteer) र कम्प्युटर अपरेटर गरी जम्मा ५२ जना सहभागी छन् । कार्यक्रम जेष्ठ ३०, ३१ र ३२ गते जंगल सफारी लज, सौराहा चितवनमा संचालन भईरहेको छ ।

तालिममा LGCDP मा कार्यरत UNV ICT Experts अपूर्व सिंंह, विक्रम खतिवडा, अभिलाष चक्रवर्ति तथा दीपक राज दवाडी मुख्य प्रशिक्षकको रुपमा हुनुहुन्छ । उक्त तिनदिने तालिम कार्यक्रममा LGCDP बाट बनाईएका ७५ जिविसको वेबसाईटलाई संचालन गर्ने विधि र वेबसाईट सम्बन्धी जिविसमा कार्यरत कर्मचारीहरुसंग पृष्ठपोषण गर्ने कार्यक्रम रहेको छ ।

यसअघि अन्य २५ जिविसहरुको लागि पोखरामा तालिम सम्पन्न भएको थियो र बांकि जिविसहरुको लागि तालिम असार ५,६,७ मा डडेलधुरामा अायोजना हुदैँछ ।